नेपालमा एकै दिन थपिए ६२९ जना संक्रमित

रातोघर

 २०७७ अषाढ १०, बुधबार  मा प्रकाशित
२६३ पाठक संख्या


 

काठमाडौं।पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६२९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार संक्रमित हुनेको महिलाको संख्या ११० रहेको छ भने पुरुषको संख्या ५ सय १९ रहेको छ। यससँगै देशभर संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।

बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरीएको छ। अहिले सम्म पिसिआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ।

आरडिटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ। बुधबार १ सय १४ जना संक्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म २ हजार ३ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन्। अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन्। क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban