बाराकी अमृता नेपालको शब्दमा गायिका स्वस्तिका ढकालको “कस्ले भन्यो तिमिलाइ” सार्वजनिक(भिडियो सहित)

रातोघर

 २०७७ श्रावण १२, सोमबार  मा प्रकाशित
५७५ पाठक संख्या


बाराकि संचारकर्मी तथा गितकार अमृता नेपालको सब्दमा गायीका स्वस्तिका ढकालको स्वरमा कसले भन्यो तिमीलाई नामक गित तथा भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गायीकाको जन्म दिनकै अवसर पारेर उक्त भिडियो सार्वजनिक भएको हो । अर्जुन पोखरेलको संगितमा सजिएको उक्त गितको म्युजिक भिडियो पनि निक्कै आकर्षक देखिएको छ ।

नेपाल आईडलबाट चर्चामा आएकी स्वस्तिका ढकालको पहिलो अफिसियल गीत ‘कसले भन्यो तिमीलाई’ द डिभाईन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतलाई रिदम कँडेलले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा स्वस्तिकाकै फिचरिङ गरिएको छ । अनिश आयु बाबाको छायाँकनमा तयार भएको म्यूजिक भिडियोलाई स्वस्तिकाले नै परिकल्पना गरेकी हुन् ।
अमेरिकामा बसोबास गरिरहेकी गितकार अमृता नेपाल पछिल्लो चरणमा वर्डस् वल्डस् नामक युटुब च्यानलबाट आफ्ना कविताहरु बाचन गरिरहेकी छिन् भने अमेरिकामा हुने बिभिन्न साहित्यीक जमघटमा समेत उपस्थिती जनाउने गरेकी छिन् ।
भिडियो:

 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban