वीरगंजमा थप एक काेराेना संक्रमितकाे मृत्यु

रातोघर

 २०७७ श्रावण १४, बुधबार  मा प्रकाशित
२८१ पाठक संख्या


 

सिमरा : पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु भएकाे छ । वीरगञ्जस्थित नारायणी अस्पताल, अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा उपचारत कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

सो अस्पतालमा गत बुधबार भर्ना भएका ६८ वर्षका पुरुषको एक सातापछि आज मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए।

मृतक पुरुष वीरगञ्ज महानगरपालिका वडा नं. ५ रेशकोठी निवासी रहेको डा. सिंहले जानकारी दिए । उनी मुटु राेगी पनि थिए ।

उनको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पताले जनाएको छ ।

पर्सामा हालसम्म एक भारतीय सहित ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने प्रदेश नम्बर २ कै बारामा २, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ र सप्तरीमा १ जनाको मृत्यु भएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban