जगदम्बा इन्टरप्राइजेजका सीईओ सहित बीरगंजमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

रातोघर

 २०७७ श्रावण १६, शुक्रबार  मा प्रकाशित
३०३ पाठक संख्या


 

वीरगंज : कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित वीरगंजमा बिहीबार थप ३ जनाको मृत्यु भएको छ ।

जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति साढे ११ बजे मृत्यु भएको हो। उनी भारतीय नागरिक हुन् ।

कोरोना अस्पतालका इन्चार्ज डा निरजकुमार सिंहका अनुसार सीईओ लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए ।

यसअघि बिहीबार नै वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय बृद्धको मृत्यु भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । वीरगंजमा साउन महिनामा मात्र कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । कोरोना संक्रमणकै कारण बाराका २ जना र रौतहटतका १ जनाको मृत्यु पनि वीरगञ्जमै भएको थियो ।

मृतकसहित बिहिबार पर्सा, बारा र रौतहटमा ८ जना महिला सहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत २ जना स्टाफ नर्स, १ जना सफाईकर्मी, औषधि कम्पनीबाट पेड पीसीआर परीक्षण गराएका गरि १३ जना संक्रमित पर्साका छन् । बाराका २ जना र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Barakhabar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban