

मकवानपुर । हेटौंडामा शुक्रवार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर मकवानपुरको बकैया गाउँपालिका –७ स्थायी घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५, राईटोलमा बस्ने ६८ वर्षीय पदमबहादुर दोङको मृत्यु भएको हो ।
मृतक दोङ मयुरी चालक हुन् । मयुरीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।





Write your Comment