वीरगन्जमा १७ दिनमा १० को मृत्यु : २४ घण्टामा सांसदसहित ६४ संक्रमित

रातोघर

 १७ श्रावण २०७७, शनिबार १९:०६  मा प्रकाशित
१६१ पाठक संख्या



कोरोनाको पीडामा वीरगन्ज
वीरगन्ज : वीरगन्जमा कोरोना भाइरस (कोभिड–१९) का कारण साउनका १७ दिनमा १० जनाको मृत्यु भएको छ।

कारोनाको महामारी सुरु भएयता वीरगन्जमा १४ जनाको मृत्यु भएकोमा, साउनमा मात्रै १० जनाको मृत्यु भइसकेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर मदन उपाध्यायले जानकारी दिए।

साउनमा मृत्यु भएका १० जना सबै वीरगन्जकै स्थानीय हुन्। साउन अघि वीरगन्जको अस्पतालमा मृत्यु भएका ४ जना मध्ये २ जना बाराका र १ जना रौतहटका हुन्।

जेठ ३१ गते वीरगन्जको घण्टाघरमा वेवारिसे भेटिएका एक संक्रमितको शवको भने अहिलेसम्म पहिचान खुलेको छैन। साउन १६ गते वीरगन्ज १६ नगवाकी ५० वर्षीया महिलाको नारायणी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु हो।

निमोनीयाको समस्या भएपछि साउन १५ गते बयोधा अस्पतालको आइसीयूमा भर्ना भएकी ती महिलाको उपचारका क्रममा शुक्रबार बिहान १० बजे मृत्यु भएको थियो।

शुक्रबार बिहानै उनको मृत्यु भएको भए पनि उनमा कारोना संक्रमण भएको पुष्टि भने शुक्रबार राति मात्रै भएको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए।
मृत्यु हुनु अघि नै उपचारका क्रममा शुक्रबार ती महिलाको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो।

‘शुक्रबार राति प्रयोगशालाबाट प्राप्त ६४ जनाको पोजेटिभ रिपोर्ट आएको थियो। त्यसमा ती महिलाको पनि नाम थियो’, उपाध्यायले भने ,‘ महिलाको मृत्युको कारण कोरोना नै रहेछ।’

वीरगन्जमै गत बिहीबार (साउन १५ गते) एकै दिन तीन जनाको र बुधबार (साउन १४ गते) २ जनाको कारोनाका कारण मृत्यु भएको थियो। वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा शनिबार साँझसम्म ५९ जना संक्रमितको उपचार भइराखेको छ।

उपचार गराइराखेका मध्ये चार जना आइसीयूमा रहेको अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए। कोभिड अस्पतालमा भर्ना रहेका ५९ संक्रमित मध्ये आधा भन्दा बढीमा संक्रमणको लक्षण देखिएको उनले बताए। सिंहले भने, ‘५९ मध्ये ३०/३२ जना लक्षण देखिएका बिरामी छन्।’

साउन यता संक्रमण पुष्टि भइरहेका संक्रमित मध्ये २० प्रतिशत भन्दा बढिमा कोरोनाको लक्षण देखिएको उनले बताए।

annapurna post

Write your Comment