पेट्रोलियम पदार्थको मूल्य बढ्यो

रातोघर

 १७ श्रावण २०७७, शनिबार २२:१९  मा प्रकाशित
१५७ पाठक संख्या



 

काठमाडौँ । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने छ ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै नेपालमा पनि सोहीअनुसार भाउ बढाएको जनाएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

 

Ratopati.com

Write your Comment