पर्सामा कोरोनाबाट युवतीको मृत्यु

रातोघर

 २१ श्रावण २०७७, बुधबार १०:३९  मा प्रकाशित
२०५ पाठक संख्या



 

वीरगन्ज : कोरोना भाइरसका कारण पर्सामा थप १ जनाको मृत्यु भएको छ । पर्साको पोखरीया नगरपालिका ८ घर भइ हाअल वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको हो । सोमबार राति मृत्त्यु भएकी युवतीमा मङगलबार राति कोरोना संक्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

सोमबार ज्वरो र पखाला लागेपछि ती युवतीलाइ एम्बुलेन्स राखेर उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको थियो । नेशनल मेडिकलमा शव राखेर सोमबार राति स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

मङगलबार राति प्रयोगशालाले दिएको रिपोर्टमा मृतक युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको मेसु उपाध्यायले बताए । योसँगै कोरोना संक्रमणबाट पर्सामा मृत्यु हुनेको संख्या १६ पुगेकोमा साउनमा मात्रै १२ जनाको मृत्यु भएको हो ।

Annapurnapost

Write your Comment