

बिवेक न्यौपाने, रातोघर डट कम
पछिल्लो समय तिज गित निकाल्ने होडबाजी चलिरहदा पशुपति शर्मा र रमिला न्यौपानेले “पीर नभाको को छ र? “सार्वजनिक गरेका छन।
गित रेकर्डिङ मिक्सिङ छायांकन गरि आफ्नो गित छिटो बजारमा ल्याउन हतारिएकै बेला सबै नाच्न मिल्ने खालको तिज गित ल्याएका हुन।
उक्त गितमा पशुपति शर्मा लाई महिला आवाजमा रमिला न्यौपानेले साथ दिएकी छिन।
पशुपति शर्माको आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएका हुन अनि शब्द,संगित पनि शर्माकै रहेको छ।
गितमा बिनोद बाजुरालीको संगित संयोजन रहेको छ। उक्त गितलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन भने छायांकन पनि पौडेल आफैले गरेका हुन।नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोमा दिपाशा विसि,बबिन ठकुरी,नन्द बस्याल र यम गुरुङ फिचर्ड छन। गायक शर्मा र गायिका न्यौपानेको “झम झम दर्कियो पानी” लाई अत्याधिक रुचाइएको थियो।
यहाँ क्लिक गर्नुस भिडियोको लागि,,,,,,





Write your Comment