

श्रावण २५,
काठमाडौँ — टाउको काटिएको अवस्थामा गोंगबुमा एउटा सुटेकसभित्र शव भेटिएको छ । ‘गोंगबु गणेस्थाननेर एउटा कालो सुटकेसमा टाउको काटिएको शव भेटिएको हो । टाउको केही पर झोलामा भेटिएको छ,’ काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले भने ।
उनका अनुसार बिहान पौने सात बजे स्थानीयले प्रहरीलाई यसको जानकारी दिएका थिए । शवको सनाखत भने भइनसकेको उनले बताए । घटनामा कसैलाई पनि पक्राउ नगरिएको र अनुसन्धान भइरहेको उनले बताए । परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली लगायत प्रहरी अधिकारीहरु घटनास्थल पुगेका छन् ।
Ekantipur





Write your Comment