रंग भेदको सिकार बनेकी अभिनेत्री समिरा

रातोघर

 ११ भाद्र २०७७, बिहीबार ०७:४५  मा प्रकाशित
५२१ पाठक संख्या



मुम्बई । बलिउडमा नातावाद मात्र नभएर रंग विभेद पनि हुने गरेको अभिनेत्री समीरा रेड्डीले बताएकी छन् । यी अभिनेत्री पछिल्लो समय आमा बनेपछि सन्तानको हेरचाहमा व्यस्त छिन् ।

बलिउडमा मैने दिल तुझको दिया, प्लान, मुसाफिर, दे दनादन, नो इन्ट्रीसहित विभिन्न फिल्ममा नायिका बनेर काम गरेकी समीराले आफू काली भएकै कारण थुप्रै फिल्म खोसिएको बताएकी छन्, ‘बलिउडमा नेपोटिज्म अर्थात् नातावादका कारण अन्य कलाकारले काम नपाउने गरेको बताइन्छ । तर, यहाँ रंग भेदका कारण मैले थुप्रै फिल्म गुमाउनुपरेको छ ।’ यी अभिनेत्रीले बताएकी छन् ।

बलिउडका आमनायिकाको तुलनामा उनी केही काली छिन् । त्यसैले आफूलाई ध्वाँसी भनेर केही फिल्मबाट निकालेको पनि उनले बताएकी छन्, ‘मलाई ध्वाँसी अर्थात् काली, धेरै अग्ली भनेर फिल्मकर्मीले नै काम नदिएका थुप्रै घटनाहरू छन् । म उनीहरूको नाम लिएर यहाँ मन दुखाउन चाहन्न ।’ तर, आफूलाई यसरी रंग विभेद गर्दा त्यस्तो समय निकै दुःख लाग्ने गरेको समीराले बताएकी छन् ।

रूपकै कारण आफूमाथि विभेद भएको कुरा धेरैपटक लुकाउनुपरेको पनि यी अभिनेत्रीले खुलासा गरेकी छन् । तर, केही फिल्मकर्मीले आमनायिका भन्दै केही फरक भएको भन्दै आफ्नो रूपकै कारण फिल्ममा काम दिएको पनि यी अभिनेत्रीले बताएकी छन् ।

Write your Comment