पत्रकार सन्तोष देउजाले सार्वजनिक गरे ‘मायाँ बसेसी’

रातोघर

 १७ आश्विन २०७७, शनिबार १२:३९  मा प्रकाशित
४८८ पाठक संख्या


सिमरा ।
पत्रकार तथा चर्चित युटुवर सन्तोष देउजाले ‘मायाँ बसेसी’ बोलको गीत सार्वजनिक गरेका छन् । 3 एल ग्रुप नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतमा देउजा आफैँले अभिनय गरेका छन् ।

टिका सानुको शब्दमा रहेको गीतमा प्रदिप त्रिपाठी र शान्ती श्री परियारले आवाज दिएका छन् ।

नेपालको वेरोजगारी समस्याले समाजलाई नकारात्मक बाटोमा लगिरहेको सन्देश सहित उक्त भिडियोमा बिदेश जाने युवाको कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

भिडियोमा देउजा सहित उनका दुई छोरा छोरीको मन छुने अभिनय समेत देख्न सकिन्छ ।

Write your Comment