

बारा, कार्तिक । बारामा कार्यरत ज्योतिन्यूज सम्बाददाता एवं रातोघर अनलाइनका सम्पादक कृष्ण सिग्देल अचेल फूलको संगतमा छन्। उनले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘अचेल घरका फूलहरुको संगतमा छु, किनकी मेरो निकटतासँग डर नमान्ने अहिले यिनीहरूमात्रै छन् ।’
सिग्देल दम्पत्ती घरका फुलहरुसंग मात्रै होइन घरका अन्य कामहरु पनि गरिरहेका छन् । उनले घरको रङ्ग लगाउने काम गर्दै गरेको तस्बिर सार्वजनिक गरी संक्रमण झेलेका अन्यका लागि उदाहरण बनेका छन् ।
४० बर्ष ननाघेका र कुनै दीर्घ रोग नलागेकालाई कोरोना ठूलो समस्या नभएको उनको अनुभव छ । आईसोलेसनमा उनीसङ्गै पत्नी पनि उच्च मनोवलका साथ खेतबारीको काम गर्ने र दिपावलीका लागि घरयासी तयारीका काम गर्ने गरेको बताउछन् ।
उनीसँगै पत्नी सृजना थपलिया पनि कोरोना संक्रमित भएपछि घरमै आइसोलेशनमा रहंदा चखेवाको जोडी अहिले कोरोनाले हेराहेर(आपसी मिलन) तर फूलको रमाइलो सौम्यतामा बसेका छन् ।
यसैगरी नेपाल टेलिभिजन बाराका पत्रकार रेशम तिवारी सहित कोरोना संक्रमित भएकी रञ्जनाले ग्राहकको तस्वीर कैद गर्न नपाएपछि रङ्गीचङ्गी फूलको तस्वीर खिचेर मन भुलाइरहेकी हुन् ।
दुई दशकदेखि फोटो स्टुडियोमा मानिसहरूको फोटो खिच्दै आएकी बाराको सिमराकी व्यवसायी रञ्जना तिवारी अहिले घरको छतमा फक्रिरहेका फूलको फोटो खिच्दै कोरोना महामारीसँग जुधिरहेकी छिन् ।
उनी ‘फूलमा जस्तो सुन्दरता अरु के मा होला ?’ भन्दै फूलका तस्वीर सामाजिक सञ्जालमा पोट्याउँछिन्।
त्यसैगरी, कृष्ण-सृजना र रेशम–रञ्जनाले आज पनि परीक्षणका लागि स्वाब दिएका छन।
हामी पनि हेरौं सौन्दर्यचेत भएका यी हिम्मतिला संक्रमितले खिचेका फूलका तस्वीरहरू :





Write your Comment