जीतपुरसिमरा २३ वडा अध्यक्ष देवानद्धारा वडाका सबै छठ ब्रतालुलाई साडी सहयोग

रातोघर

 २०७७ मंसिर ५, शुक्रबार  मा प्रकाशित
६७४ पाठक संख्या


 

बारा।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ ले ६० जना छठ ब्रतालुहरुलाई साडी सहयोग गरेको छ । धार्मिक सहिसुणता कायम राख्न यस वडाका वडा अध्यक्ष असलम देवानले साडी वितरण गर्नुभएको हो ।

उपमहानगरका सक्रिय वडा अध्यक्षका रुपमा चिनिएका वडा अध्यक्ष देवानले आफ्नो वडाको ताजपुरमा रहेको दलित बस्तिमा साडी वितरण गरेको जानकारी दिनुभयो । हिन्दुहरुको महान पर्व छठमा नयाँ नयाँ कपडाका साथै चोखो समाग्री प्रयोग गरिने भएको तर गरिब तथा विपन्न परिवारलाई कपडा किन्न नसक्ने भन्दै आफुले कपडासहयोग गरेको जानकारी दिनुभयो ।

वडा अध्यक्ष देवानले वडा नम्बर २३ मा छठ गर्ने ६० जना ब्रतालु सबैलाई साडी सहयोग गरेको र आवश्यक्ता अनुसार पर्व गर्न चाहिने अन्य समाग्रीपनि सहयोग गर्ने जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष देवान सहित वडा सदस्य रहिम लुवा, अमरुन नेसा, शशीकला देबि र वडा सचिव रनधिर प्रसाद यादबको उपस्थिती रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban