नेकपाका युवा नेता मनोज साहको अगुवईमा बाराका बालबालिकालाई शैक्षिक समाग्री सहयोग

रातोघर

 २०७७ मंसिर ८, सोमबार  मा प्रकाशित
४१५ पाठक संख्या


[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

नेकपाका युवा नेता मनोज साहको अगुवईमा ७५ जना बालबालिकालाई शैक्षिक समाग्रीका साथै न्यानो कपडा सहयोग गरीएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा विगत केहि वर्षदेखि गरिब बालबालिकालाई निशुल्क ट्युसन पढाउदै आएको नेकपाका युवा नेता साहको अगुवाईमा त्यस ट्युसनमा आबद्ध ७५ जना गरिब बालबालिलाई किताब राख्ने ब्यागका साथै शैक्षिक समाग्री सहयोग गरीएको हो ।

नारी शक्ति विकास मञ्चका संयोजक सहितको टोलीले युवा नेता साहले गरिब तथा अति विपन्न बालबालिकालाई ट्युसन बढाउने स्थलमा अनुगमन गर्न जादाँ बालबालिकालाई सहयोग गर्ने ईच्छा आएपछि आज यो शैक्षिक समाग्री वितरण गरेको हो ।

शैक्षिक समाग्री सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वा सभासद शोभाकर पराजुलिले वडा र पालिकाल गर्ने कार्य संस्थाले गरेको प्रति नारी शक्ति विकास मञ्चलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका उहाँले गरिब तथा विपन्न परिवारका बालबालिकालाई निशुल्क पढाउने कार्यपनि साह्रनिय भएको भन्दै यसबारे वडा कार्यालय र पालिकाको चासो जान जरुरी रहेको बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेतृ नारायणी रायमाझि, जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका महासचिव शिवजी साह, स्थानिय समाजसेवि देवेन्द्र गुप्ता लगाएतको सहभागिता रहेको थियो ।

विकास मञ्चले ७५ जना बालबालिकालाई जनही एउटा ब्याग, ३ ओटा कपी, एउटा ईरेजर, कटर र पेन्सिल, २५ जनालाई न्यानो कपडा वितरण गरेको संस्थाका अध्यक्ष आशा दहालले जानकारी दिनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban