बारामा हिन्दु जागरण नेपालको तदर्थ समिती गठन्, अध्यक्षमा ज्यो. नेपाल चयन

रातोघर

 ९ मंसिर २०७७, मंगलवार २०:४७  मा प्रकाशित
१२४९ पाठक संख्या



सिमरा ।
बारामा हिन्दु जागरण नेपालको जिल्ला तदर्थ समिती गठन भएको छ । मंगलबार बाराको जीतपुरसिमरामा आयोजना गरिएको एक कार्यक्रममा ज्यो.पं. सन्तोष नेपालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा सुजन तिमल्सिना, सचिवमा नवराज घिमिरे, कोषाध्यक्षमा दिपेश अधिकारी र सदस्यहरुमा हरिकृष्ण पौडेल, निश्चलराज अधिकारी, कृष्ण अधिकारी, जयराम सापकोटा, नारायण प्रसाद अर्याल, अशिष श्रेष्ठ लगाएतका १३ सदस्यीय कमिटी कठन भएको हो ।

कमिटीले हिन्दु धर्मको संरक्षण, हिन्दु संस्कारको प्रचार लगाएतका अभियान संचालन गर्ने जानकारी दिएको छ ।

Write your Comment