त्रिविले गर्यो सिमरा कलेजको अनुगमन, स्नातकोत्तर संचालनको तयारी

रातोघर

 ९ मंसिर २०७७, मंगलवार २१:२१  मा प्रकाशित
७५४ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित सिमरामा रहेको सिमरा कलेजले वाणिज्य संकाय तर्फ स्नातकोत्तर तह संचालनको तयारी थालेको छ ।
त्रिभुवन विश्वबिद्यालय अनुगमन शाखाका उप‐प्रमुख प्रा.डा. ओमप्रसाद बराल अनुगमनका लागी सोमबार सिमरा कलेज आएका हुन् ।

सिमरामा शैक्षिक क्षेत्र बिकासका लागी प्रशस्त संभावना भएरपनी पछी परेको बताउँदै स्नातकोत्तर तह संचालनका लागी आवश्यक पुर्वाधार प्रयाप्त रहेको बताएका छन् ।

यसैबिच कलेजले स्नातक तहको शिक्षा संकालयमा आइ.टी. शिक्षा पनी संचालन गर्ने भएको छ । अनुगमन कार्यक्रममा कलेज सभा प्रमुख मदन बहादुर क्षेत्री, अच्युतदेव सिटौला, समाजसेवी भोला अधिकारी, ने.रा.मा.वि. सिमराका ब्यवस्थापन समिती अध्यक्ष राजेन्द्र गौतम, क्याम्पस प्रमुख शालिकराम अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

Write your Comment