जगदम्बा स्टील्सको भट्टी पड्किदा चार घाईते

रातोघर

 १४ मंसिर २०७७, आईतवार १७:३०  मा प्रकाशित
७४३ पाठक संख्या



सिमरा : बारा सिमरास्थित जगदम्बा स्टील्स प्रालिको फलाम पगाल्ने भट्टी पड्किदा चार मजदुर घाईते भएका छन्। घाईतेमध्ये एकको अवस्था गम्भीर रहेको छ।

जितपुरसिमरा उपमहानगरपालिका २ मा अवस्थित उद्योगको भट्टी शुक्रबार मध्यरातमा पड्किएको हो। फलाम गलाउने क्रममा अचानक भट्टी पड्किदा त्यहा“ कार्यरत चार मजदुर घाईते भएका हुन्।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार दुई भारतीय र दुई नेपाली मजदुर घाईते भएका हुन्। घाईतेमध्ये सर्लाही सक्रोल गाउ“पालिका ६ का ४० वर्षीय बिकिन्द्र यादवको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि काठमाडौ“ लगिएको छ।

यादवको शरीरको भाग जलेको छ। वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा सामान्य उपचारपछि थप उपचारका लागि यादवलाई काठमाडौ“ लगिएको डीएसपी श्रेष्ठले जानकारी दिए। घटनामा सर्लाही बरथवा नगरपालिका ५ का २८ वर्षीय मुकेश साह, भारत मोतिहारीका २६ वर्षीय नईमुदिन आलम र भारत शिवन ग्राम जिल्लाका ४८ वर्षीय जनकदेव यादव घाईते भएका छन्। साहको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ भने दुई भारतीय मजदुर तराई सिमरा अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

भट्टी पड्किदा फलाम पगाल्ने प्लान्टमा क्षति पुगेको थियो। भट्टी पड्किएको कम्पनले उद्योग नजिक रहेका सवारी साधनमा समेत क्षति प¥ुयाएको छ। भट्टी पड्किदा निस्किएको आगो भने केहीबेरमै नियन्त्रणमा आएको थियो। प्लान्टमा आगो निभाउन स्वचालित मेसिन जडान गरिएको छ।

घटना लगत्तै उद्योग क्षेत्रमा प्रहरी र स्थानीय पुगेका थिए। भूकम्पकै महसुस हुने गरी राति करिब १ बजे ठुलो कम्पन र आवाजसहित भट्टी पड्किदा सिमरा वरपर क्षेत्रका स्थानिय त्रसित बनेका थिए। भट्टी पड्किएपछि निस्किएको आवाज र कम्पन सिमरासहित औराह, बजनी, रामवन, हुलास क्षेत्रसम्म पुगेको थियो। भट्टी पड्किएको आवाज र कम्पनले वरपर क्षेत्रका स्थानिय रातभर त्रसित बनेको जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले बताए।

उद्योग प्रशासनका कर्मचारी कुमुद ढकालले प्राविधिक गढबडी भई भट्टी पड्किएको बताए छन्। रातिको समयमा भएकाले भट्टी पड्किएको आवाज ठुलो सुनिएको उनले बताए। ‘यसअघि भट्टी पड्किने गरेको थियो। प्राविधिक काम हो कहिलेकाही“ पड्किन्छ। त्यसैले हामी सुरक्षा मापदण्ड अपनाएर काम गर्छौ“’ ढकालले भने ‘यसपटक राति पड्किएकाले ठुलो आवाज सुनियो। घटनामा सामान्य क्षति छ।’

 

Aanapurnapost

Write your Comment