

मंसिर , सिमरा- बाराको सिमरामा रहेको रूपान्तरण युवा क्लबको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ ।
क्लवको सभाहलमा सम्पन्न अधिवेशनबाट मधुसुदन कडेलको अध्यक्षतामा ९ सदस्यिय कार्य समिति चयन गरेको छ । नव गठित कार्यसमितिको उपाध्यक्षमा तारादेबी त्रिपाठी, सचिवमा लक्ष्मण अधिकारी, कोषाध्यक्षमा भरत पौडेल, सदस्यहरुमा राजेन्द्र अधिकारी , जानुका आर्याल चयन गरिएको तथा वाकि तिन सदस्य पछि चयन गरिने अध्यक्ष कँडेलले जानकारी दिनुभयो।
यसअघि सम्पन्न साधारणसभाले सचिव मधुसुदन कँडेलद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन तथा कोषाध्यक्ष मिठू रुपाखेतीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको थियो ।
क्लवका जेष्ठ सदस्य बोधनाथ सुबेदिको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाको अध्यक्षता क्लवकि उपाध्यक्ष तारादेवी त्रिपाठीले गर्नुभएको थियो। साधारण सभाले शम्भु प्रसाद अर्याललाई मानार्थ संरक्षक सदस्य प्रदान गरेको छ । कार्यक्रममा गोपि अधिकारीले स्वागत मन्तव्य दिनुभएको थियो





Write your Comment