

सिमरा ।
लामो समयदेखी सिमरामा गोल्डकप फुटबल प्रतियोगीता आयोजना गर्दैआईरहेको नव जनजागृती युवा क्लवको आज एक औपचारिक समारोहका बिच साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको औपचारिक उद्घाटन सत्रपछी सम्पन्न गरिएको बन्दसत्रले नयाँ कार्यसमिती समेत सर्वसम्मत चयन गरेको छ ।
क्लवको नव निर्वाचितन अध्यक्षमा रामचन्द्र लामालाई सर्वसम्मत चयन गरिएको छ भने उपाध्यक्षमा दुर्गा बहादुर थापा, महासचिव शम्भुसिंह ठकुरी, सचिवमा श्याम कृष्ण सुवेदी, कोषाध्यक्षमा सालिकराम अधिकारी लगाएत १४ सदस्यीय नयाँ कार्यसमिती चयर गरिएको हो ।
क्लवका तत्कालिन अध्यक्ष कासिम मियाले लामो समयसम्म क्लवको अध्यक्षका रुपमा रही सिमरामा फुटबल खेललाई स्थापित गरी राष्ट्रिय स्तरको फुटबल प्रतियोगीता आयोजनाको नेतृत्वलाई सफलताका साथ पुरा गरेका छन् ।






Write your Comment