सोचे अनुरुप काम गर्न सकिएन : नगर प्रमुख डा. पौडेल

रातोघर

 २३ पुष २०७७, बिहीबार १७:५०  मा प्रकाशित
११२७ पाठक संख्या



सिमरा ।

जीतपुरसिमरा उपमहानगरपालीकाका नगर प्रमुख डा. कृष्ण पौडेलले नगर विकासमा सोचे अनुरुप काम गर्न नसकेको बताएका छन् । सिमरा स्थित नव जनजागृती युवा क्लवको वार्षिक साधारण सभामा बोल्दै डा. पौडेलले जनताका सबै चाहना र भावनालाई पुरा गर्न नसकिएको प्रति चिन्ता ब्यक्त गरेका छन् ।

उनले कतिपय अवस्थामा आफुले चाहेर पनी बिकासका कतिपय योजनाहरु अघि बढाउन नसकिएको भन्दै खेल क्षेत्रको बिकासमा भने आफु गम्भिर रहेको बताए ।

उनले सिमरालाई फुटबलले चिनाएको भन्दै सिमरा गोल्डकप प्रतियोगिता आयोजना गर्ने आयोजक क्लव परिवार प्रति खुशी ब्यक्त गर्दै आगामी दिनमा सिमरा गोल्डकप आयोजनामा नगरले जिम्मेवार भुमिका निर्वाह गर्ने समेत प्रतिबद्धता जनाए ।

डा. पौडेलले क्लवको दिगो बिकासमा सबै मिलेर लागौँ भन्दै नगरमा फुटबल खेलको बिकासमा हातेमालो गरेर अगाडी बढन् क्लवलाई आग्रह समेत गरे । उनले निर्माणाधिन सिमरा रंगशालाको निर्माणमा बजेट बिनियोजन गर्ने तथा रंगशालामा रात्रीखेलका लागी समेत पुर्वाधार निर्माणमा नगर सकारात्मक रहेको बताए ।

यसैबिच कार्यक्रममा बोल्दै जीतपुरसिमरा काँग्रेस नगर सभापती श्यामबाबु गुप्ताले नगरको कुनै पनी क्षेत्रको बिकासमा नगर प्रमुखले ध्यान नदिएको भन्दै आक्रोस समेत ब्यक्त गरेका छन् ।

खेल क्षेत्र तथा बिकास निर्माणको अभियानमा नगरको कुनै भुमिका नदेखिएको भन्दै गुप्ताले जनताको आवस्यकता र पदको जिम्मेवारी पुरा गर्न नसके पदमा बसिरहन आवश्यक नभएको समेत बताए ।

यसैगरी कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा नेकपाका नेता राजन पौडेल, होटल ब्यवसायी संघका केन्द्रिय महासचिव मोहन शर्मा लामिछाने, वडा नम्बर १ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ, पुर्व गाबिस अध्यक्ष भोला अधिकारी, संचारकर्मी प्रकास लम्साल लगाएतले क्लवको नयाँ नेतृत्वलाई शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सिमरा गोल्डकप आयोजना गर्ने क्लवमा नयाँ नेतृत्व, अध्यक्षमा रामचन्द्र लामा

आज सम्पन्न साधारण सभाको औपचारिक उद्घाटन सत्रपछी सम्पन्न गरिएको बन्दसत्रले नयाँ कार्यसमिती समेत सर्वसम्मत चयन गरेको छ ।
क्लवको नव निर्वाचितन अध्यक्षमा रामचन्द्र लामालाई सर्वसम्मत चयन गरिएको छ भने उपाध्यक्षमा दुर्गा बहादुर थापा, महासचिव शम्भुसिंह ठकुरी, सचिवमा श्याम कृष्ण सुवेदी, कोषाध्यक्षमा सालिकराम अधिकारी लगाएत १४ सदस्यीय नयाँ कार्यसमिती चयर गरिएको हो ।

क्लवका तत्कालिन अध्यक्ष कासिम मियाले लामो समयसम्म क्लवको अध्यक्षका रुपमा रही सिमरामा फुटबल खेललाई स्थापित गरी राष्ट्रिय स्तरको फुटबल प्रतियोगीता आयोजनाको नेतृत्वलाई सफलताका साथ पुरा गरेका छन् ।

Write your Comment