संगालोे साकोसमा शालिकराम अधिकारीको नेतृत्वमा ९ सदस्य नयाँ कार्यसमिति चयन

रातोघर

 २०७७ पौष २६, आईतबार  मा प्रकाशित
५३० पाठक संख्या


प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले संगालो सहकारीले उत्कृट काम गरेको भन्दै प्रशंसा गरेका गर्दै अगामी दिनमा  वचत र ऋण सँगसगै उत्पादन र  रोजगारी सग सेयर सदस्यहरुलाई जोड्न आग्रह गरेका छन् ।

 

संगालो साकोसको ९ औ वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रदेश सभा सदस्य विकले प्रदेश सभाले प्रदेश सहकारी ऐन दर्ता  गरिसकेकोले सो ऐन बन्नु भन्दा अगावै सहकारीहरुले आफ्ना समस्याहरु प्रदेश सहकारी ऐनमा समेट्न सक्नुपर्ने बताए । ‘प्रदेश सहकारी ऐन बनिसकेपछि  तपाईहरु जति कराए पनि अर्थ हुदैन् कुन नियम बनाउदा सहकारी अगाडी बढ्न सजिलो हुन्छ त्यो कुरा हामी भन्दा धेरै तपाईहरु विज्ञ हो’ प्रदेश सभा सदस्य बिकले भने ।

 

‘ऐन आउनुभन्दा पहिले नै सहकारीहरु विच छलफल गरेर हामीलाई दिनोस्, तपाईहरुले दिनुभएको सुझाव ऐनमा राख्न हामी सघर्ष गर्छौ’ प्रदेश सभा सदस्य बिकले सहकारी संस्थाहरुले  साधारण सभा गर्दा तामझाम गर्न नहुने जनाएका छन । नेकपाका प्रमुख सचेतक समेत रहेका बिक प्रमुख अतिथि रहेको सो साधारण सभाले शालिकराम अधिकारीको  अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्य समिति सर्ब संम्मतले चयन गरेको छ ।
सो नयाँ कार्यसमितिको उपाध्यक्षमा नेत्र प्रसाद दाहाल, सचिबमा रत्न उप्रेती, कोषध्यक्षमा निराजन थापा, सदस्यहरुमा पुरुषोत्तम अधिकारी, ईश्वर थपलिया,रबिन्द्र ठाकुर,कोपिला खरेल,राजदास श्रेष्ठ  रहेका छन् ।

 

त्यस्तै गरी आजको ९ औ साधारण सभाले राजकुमार सोडारीको संयोजकमा ३ सदस्य लेखा समिति समेत  चयन गरेको छ ।
सो साधारण सभामा  जिल्ला बचत तथा ऋण सहकारि का अध्यक्ष सतेन्द्र ठाकुर, हातेमालो सहकारीका अध्यक्ष यज्ञ आले,नेपाली काग्रेसका जितपुरसिमरा नगर सभापति श्याम बाबु गुप्ता लगायतले संम्बोधन गरेका थिए ।

 

संगालोे  साकोसले आफ्नो वार्षिक साधारण सभाको अवसर पारेर जिल्ला सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, उपाध्यक्ष राजु अधिकारी सचिव मणिन्द्रनाथ शर्मालगायतलाई सम्मान गरेको थियो । सो कार्यकम्र सहकारीका अध्यक्ष शालिकराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यकम्र सञ्चालन सस्थाका सचिव रत्न उप्रेतीले गरेका थिए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban