सिमरा जेसिसको पदस्थापना तथा पुरस्कार बितरण : अधिकारीले लिए नेतृत्व (भिडियो)

रातोघर

 २०७७ माघ ३, शनिबार  मा प्रकाशित
११४१ पाठक संख्या


सिमरा ।

बाराको सिमरामा जेसिसले एक भब्य कार्यक्रमको आयोजना गरी पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रको प्रमुख अतिथिका रुपमा आमन्त्रित प्रदेश २, भौतिक पुर्वाधार मन्त्री जीतेन्द्र सोनलले जेसिसको इतिहांसबारे खुलेर ब्याख्या गरे ।
शासन ब्यक्तिको होइन, विधिको हुनुपर्छ भन्ने नारा बोकेर फरक धारमा समाज रुपान्तरणमा अगाडी बढेको जेसिसले समाजलाई सकारात्मक दिशा तर्फ उन्मुख गरिरहेको प्रति खुशी ब्यक्त गरे ।

धनन्जय थोकरको सभाध्यक्षमा शुरु भएको कार्यक्रममा वर्ष २०२१ को सिमरा जेसिसका लागी सर्वसम्मत निर्वाचित अध्यक्ष शालिग्राम अधिकारी लगाएतलाई पदभार ग्रहण गराइएको छ । कार्यकारी उपाध्यक्षमा रञ्जित सापकोटा र सरोज भट्ट, उपाध्यक्षहरुमा लक्की रिमाल, वासुदेव अधिकारी, प्रकास श्रेष्ठ र सञ्जिव सुवेदीलाई समेत सर्वसम्मत निर्वाचित गरिएको छ ।

त्यसैगरी अध्यक्षबाट मनोनित महासचिव पुरुषोत्तम अधिकारी, कोषाध्यक्षमा सविता सुवेदी, कानुनी सल्लाहकारमा लक्ष्मण अधिकारी चयन भएका छन् ।

कर्यक्रममा जेसिसका राष्ट्रिय उपाध्यक्ष विमल ज्ञवाली, जेसिस १९९८ का राष्ट्रिय अध्यक्ष दिपक शाक्य, नेपाली काँग्रेसका नगर सभापती श्यामबाबु गुप्ता, नेकपाका प्रदेश सदस्य राजन पौडेल, नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, होटल ब्यवसायी संघका अध्यक्ष तथा पर्यटन अभियन्ता मोहन शर्मा लामिछाने, पत्रकार प्रकाश लम्साल लगाएतले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban