बारामा एकाबिहानै दुर्घटना : चालकको अवस्था गम्भिर, २ जना घाइते

रातोघर

 ३ माघ २०७७, शनिबार १०:५५  मा प्रकाशित
१७६८ पाठक संख्या



सिमरा ।

बारामा एकाबिहानै पिकअप भ्यानले अटोलाई ठक्कर दिँदा अटो चालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा बारा कोल्हबी ८ घर भएका पुरुषोत्तम खनाल सहित अटोमा सवार अन्य २ जना घाइते भई बिरगञ्ज लगिएको छ ।

खनालको दुबै हात र दुवै खुट्टा भाँचिएको र अहिलेसम्म होस् समेत नखुलेको परिवार स्रोतले बताएको छ । हाल बिरगञ्ज स्थित वयोधा अस्पतालमा आइसियुमा राखी खनालको उपचार भईरहेको छ ।

अन्य दुईलाई भने गण्डक स्थित हेल्थ केयरमा उपचार भइरहेको छ । घाइते हुनेमा एकजना उमेश शास्त्री हुन् । उनी कृष्ण प्रणामी धर्मका प्रचारक हुनभने अर्का उनका सहयोगी हुन् । उनीहरु एक धार्मिक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बाटोमा दुर्घटनामा परेका हुन् ।

पुर्वबाट आउँदै गरेको भ १ च. २१९२ नामको पिकअप भ्यानले पुर्व पश्चिम राजमार्ग स्थित पसाहा खोला नजिक अटोलाई शुक्रबार बिहान ५ बजे ठक्कर दिएको हो ।

ठक्कर दिएर पिकअप भ्यान फरार भएको छ । भ्यानको खोजीकार्यका लागी निजगढ प्रहरी कार्यालयमा उजुरी समेत गरिएको परिवारले जनाएको छ ।

Write your Comment