एउटै मोटरसाइकलमा चढेका तीन मध्ये दुई जनाको मृत्यु

रातोघर

 ९ माघ २०७७, शुक्रबार ०९:०६  मा प्रकाशित
१३९ पाठक संख्या


सप्तरी, राजविराज । साथीको विवाहका लागि एउटै मोटरसाइकल तीन जना चढेर जाँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो बिहान ३ बजेतिर सप्तरीको खडक नगरपालिका ११ स्थित हुलाकी राजमार्गको बनौली खण्डमा प्रदेश २–०१–००१–प.६१४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही वडा निवासी २१ वर्षिय शिवेन्द्र साह र २५ वर्षिय अरबिन्द यादव रहेका छन् । मोटरसाइकलमा सवार अर्का यूवा सोही वडा निवासी २० वर्षिय सुनिल चौधरी गम्भिर घाइते भएका छन् । चँैधरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

अर्नाहातर्फ साथीको विवाहमा सहभागि हुन तीन जना चढेर जाँदै गर्दा तथा तिब्रगतिका कारण अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । मृतक दुबैको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पठाई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Write your Comment