लोक गायक सन्दिप न्यौपानेको ‘सान्बाबु’ सार्वजनिक

रातोघर

 २०७७ फागुन २१, शुक्रबार  मा प्रकाशित
१००८ पाठक संख्या


काठमाडौं– गायक सन्दीप न्यौपानेले आफ्नो पछिल्लो लोकप्रिय गीत ‘लालु मै..’ को सफलतापछि नयाँ गीत ‘सान्बाबु…’ सार्वजनिक गरेका छन् ।
उक्त गीतमा गायक न्यौपानेलाई गायिका सम्झना भण्डारीले साथ दिएकी छिन् ।
उक्त गीतमा गायक न्यौपानेकै शब्द तथा संगीत सुन्न सकिन्छ ।
उक्त गीतमा सुदिप सागरको संगीत संयोजन छ ।
प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका र समारिका ढकालसँग गायक सन्दीपको गज्जबको छमछमी देख्न सकिन्छ ।
नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन् ।
शिव हमालको च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियो रिलिज लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक न्यौपानेले बताएका छन् ।
गायक न्यौपानलेका यस अघिका गीतहरु लालुमै, ओक्कल दोक्कल, काली भन्न मिलेन आदि लोकप्रिय छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban