लोक दोहोरी गायिका सुनिता दुलालको स्वरमा “हुन्न कसैको” सार्बजनिक (भिडियो सहित)

रातोघर

 ८ बैशाख २०७८, बुधबार ०१:०८  मा प्रकाशित
४३ पाठक संख्या


काठमाण्डौ बैशाख– बिशेष गरेर स्टेज कार्यक्रमहरुलाई आफ्नो बर्चस्व स्थापित गर्न सफल लोक दोहोरी गायिका सुनिता दुलालको अर्को नयाँ गीत “हुन्न कसैको” भर्खरै बजारमा आएको छ।नयाँ वर्षको शुभकामना सहित सार्बजनिक गरिएको यस गीतकी गायिका एवं प्रस्तुतकर्ता सुनिताको यस अगी पनि थुप्रै गीतहरु बजारमा आइसकेका छन्।

उनि ब्यवसाहिकताको नाममा नेपाली लोक तथा दोहोरी गीत संगीतमा बिकृति देख्न चाहदिनन्।फलस्वरूप यस गीतमा पनि आफ्नो जाहन परिवार छोडेर बाध्यताबस लाहुर जान परेका आम नेपालीहरुको कथा ब्यथालाई समेटिएको छ।सामाजिक यथार्थतालाई प्रस्ट्याउन खोजिएको यस गीतमा दिनेश परियार र सुनिता दुलालको सुमधुर स्वर सुन्न सकिन्छ।

“हुन्न कसैको” बोलको गीतलाई लय, शब्द तथा संगीत संयोजन गायक स्वयम् दिनेश परियारको रहेको छ । यस गीतको म्युजिक भिडियोमा अर्जुन गौतम र आलिशा बास्तोलाको अभिनय देख्न सकिन्छ।यी दुई कलाकारका साथमा प्रकाश कुमार दर्लामी,सौगात जंग थापा,साइमन भट्टराई,कमला बस्नेत ,समिक्षा भुजेल लगाएतको पनि यस गीतको म्युजिक भिडियोमा अभिनय रहेको छ।

भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् भने छायांकन सुजन श्रेष्ठले गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई दोलखा तथा सिन्धुपाल्चोकको रमणीय स्थलमा छायाँकन गरिएको छ।भिडियोको कथामा लेकमा बस्ने गोठालो हरुको कथालाई समेटिएको छ।गीतको अडियो तथा भिडियोलाई गायिका सुनिता दुलालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

भिडियो हेर्न तल क्लिक गर्नु होला।

Write your Comment