नेपाली सुगम संगीतका चर्चित गायक स्वरूपराज आचार्यको आवाजमा पहिलो लोकदोहोरी गीत “डाँडाघरे साइली ” गीत बजारमा

रातोघर

 २६ असार २०७८, शनिबार १९:५७  मा प्रकाशित
२९० पाठक संख्या


बिगत दुइ दशक भन्दा लामो समय देखि नेपाली सुगम संगीतमा एक चर्चित नाम हो स्वरूपराज आचार्य, तिनै चर्चित गायकको आवाजमा पहिलो पटक लोकदोहोरी गीत “डाँडाघरे साइली ” गीत बजारमा आएको छ। गायक स्वरुपराज आचार्यले गायिका लक्ष्मी मल्ल संग गायको यो पहिलो लोकदोहोरी गीत हो । चर्चित सर्जक श्रीकृष्ण बम मल्लले संगीत भरेको गीतका रचनाकार कृष्ण के सी हुन् भने गीतको संगीत संयोजन कृष्ण  बि. क. भान्जाले गरेका हुन्। प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाइ अडियो सम्पादन श्याम स्वेत रसाइलीले गरेका छन् । गीत एक पृथक अनि मौलिकता बोकेको छ ,सुमधुर गीत छ पक्कै पनि आम दर्शक स्रोताको मन जित्नेछ ।

गीतको भिडियो पनि निकै दमदार निर्माण भएको छ भिडियोको निर्देशन देबेन्द्र बब्लुले गरेका हुन् । भिडियोमा संगीतकार श्रीकृष्ण बम मल्ल पनि फिचरिंग भएका छन् । श्रीकृष्ण बम मल्ल संगै नायिका शील्पा पोख्रेल , प्रकाश सपुत ,करिश्मा ढकालले भिडियोमा अभिनय गरेका छन्।  भिडियोको कोरियोग्राफर मौसम हिमालीले गरेका छन् ।छयांकन नबराज उप्रेतीले गरेका छन् ।सम्पादन दिनसन शाहले गरेका छन्। “डाँडाघरे साइली ” गीतको रचना र संगीत पक्ष निकै अब्बल देखिएको छ गायक स्वरुपराज आचार्यले फेसबुक स्टाटस नै राखेर संगीतकारको एक फरक अनि मौलिक गीत भनेर तारिफ गरेको छन् ।

यस अघि यहि टिमले “लोभी आखा ” “बिध्यानाश” बजारमा ल्याएको थियो र बजारमा धुम मच्च्याएको थियो त्यस्तै यस “डाँडाघरे साइली ” ले  पनि बजारमा धुम मच्चाउने अपेक्षा गरिएको छ ।

“डाँडाघरे साइली ” गीतको भिडियो आफ्नो मन युटुब च्यानल बाट बजारमा आएको छ। गीतले छोटो समयमै आम दर्शक स्रोताको मन जितेको छ ।

भिडियोको हेर्नको लागी तलको लिंक क्लिक गर्नुहोस 

Write your Comment