तीज गीत ‘फूलै फूल्यो तिउरी’ सार्वजनिक,नव मोडल झरनाको डेब्यु (भिडियोसहित)

रातोघर

 १५ भाद्र २०७८, मंगलवार १७:०७  मा प्रकाशित
२५१ पाठक संख्या


काठमाडौं । वरिष्ठ संचारकर्मी तथा गीतकार शान्तिप्रियको मौलीक तीज गीत ‘फूलै फूल्यो तिउरी’ सार्वजनिक भएको छ ।

सोमबार मात्रै भिडियोसहित सार्वजनिक गीतमा दुर्गा परियारको स्वर रहेको छ भने शान्तिप्रियको शब्द रहेको छ । साथै गीतमा ज्योती प्रकाशको संगीत रहेको छ ।

विगत केही वर्ष देखी नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमा आएर सो गीत सार्वजनिक गरेका हुन् । सिसि नेपाल युट्युब च्यानल मार्फत गीतलाई सार्वजनिक गरिएको ।

फूलै फूल्यो तिउरी टिपी कानमा सिउरीए

स्वामी राजा मुस्कुराए लाजैले म निहुरीए

वरीलै तीजैको रहर

कोही गाउँछन् संगी कोही नाच्छन् संगी

वरिलै खुलेर गाउँ सहर !!

गीतमा अभिनेत्री एवं मोडल अनामीका चौलागाई र नव मोडल झरना परियार फिचरिङ छन् । गत वर्ष देखी एकै साथ ३ तीज गीत मोडलिङ गरेर तीजका गीतमा मोडलिङ गर्न थालेकी अनामीका एवं यसै गीतबाट डेब्यू गरेकी झरना परियारको केमेस्ट्री मिलेको छ ।

भिडियो छायांकन गोविन्द अञ्जानले गरेका छन् । भिडियोकोे कलर कलेक्शन मिलन गुरुङले गरेका हुन् भने नृत्य निर्देशन तथा संपादक राजिव बलामीले गरेका छन् । भिडियोको निर्दिष्ट भने शान्तीप्रियको रहेको छ ।

गीतमा एरेञ्जर तथा संगीतकार राजेन्द्र बजगाईले एरेञ्ज गरेका छन् । गीतको मीक्सीङ भने मनोज परियारले गरेका छन् ।

Write your Comment