सिमरामा घरेलु मदिरा बरामद

रातोघर

 २०७९ अषाढ ८, बुधबार  मा प्रकाशित
६६४ पाठक संख्या


असार ८,सिमराः 

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएका प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिएको छ । ईरिक्सामा राखेर पथलैयाबाट जीतपुरतर्फ लैजादै गरेको अवस्थामा प्रहरीले चार सय लिटर मदिरा नियन्त्रणमा लिएको हो ।

 

कार्यालयका प्रहरी बरिष्ठ हवल्दार विनय सिंहको नेतृत्वमा रहेको गस्ती टोलीले ईरिक्साबाट बोराभित्र लुकाएर राखेको अवस्थामा १० वटा ग्यालेन मदिरा नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

 

प्रहरीले मदिरा बोकेको ना२ह ६३३७ नम्बरको ईरिक्सा र चालकलाई नियन्त्रणमा लिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban