थप ४४ जनामा कोरोना पष्टि

रातोघर

 २०७९ अषाढ १४, मंगलबार  मा प्रकाशित
३१५ पाठक संख्या


काठमाडौं :

नेपालमा थप ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा २ हजार ७९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार, सो अवधिमा थप १७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । यस्तै, पछिल्लो २४ घण्टामा थप १ लाख ३६ हजार ९९६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban