

असार ३१ , रौतहट :
रौतहटको बागमती नदीमा दुई जना बालकको शव फेला परेको छ । उक्त शव जिल्लाको दुर्गाभगवती गाँउपालिका वडा नम्वर ३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नम्वर २ भलोहियाका १३ वर्षीय आदित्य दासको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार, बिहीबार दिउँसोदेखि हराएका बालकको शव शुक्रबार बिहान फेला परेको हो । बिहीबार विद्यालयबाट फर्किएर बागमती नदीमा नुहाउन पसेका दुबै बालक बोपत्ता भएका थिए । बेपत्ता उनीहरुको खोजीकार्य गर्दा आज बिहान शव फेला परेको हो ।
शव भेटिएपछि हाल मुचुल्का लगातयतका कामहरु गर्नुका साथै घटनाको बारेमा आवश्यक अनसन्धान गरिरहेको जनाइएको छ ।





Write your Comment