‘नमुना’ बन्दै सिमराको नेरामावि, परिक्षाको नतिजा उत्कृष्ट

रातोघर

 २१ भाद्र २०७९, मंगलवार १६:५२  मा प्रकाशित
३३९ पाठक संख्या



सिमरा, २१ भदौ ।

जितपुरसिमरा उपमहानगरपालीका सिमरामा रहेको नेपाल राष्टिय माध्यामिक बिद्यालय जिल्लाकै ४ ओटा संकाय संचालन गर्ने एकमात्र सामुदायीक बिद्यालय हो । बिज्ञान, बाणिज्य, शिक्षा र मानविकि गरी हाल ४ ओटा संकायमा पठनपाठन गराइरहेको बिद्यालयमा बिज्ञान संकायमा भने मध्य तराईमै नमुना बिद्यालयका रुपमा पहिचान बनाएको छ ।

छिमेकी जिल्ला रौतहट, सर्लाही, चन्द्रनिगाहपुर, महोत्तरी लगाएतका स्थानबाट बिज्ञान संकायमा बिद्यार्थीहरु अध्ययनरत् छन् ।

बिज्ञान संकाय अध्ययन गर्न जिल्लाका बिद्यार्थीहरु अन्यत्र जानुपर्ने बाध्यता रहेकोमा सिमरा माबिले स्तारिय बिज्ञान संकालको पठनपाढन सुरु गरेपछि भने जिल्लाका बिद्यार्थीहरु लाभान्वित भएका छन् । अध्ययनका लागी अन्य जिल्लाहरुबाट राजधानी बाहिरिने बिद्यार्थी केही बर्षदेखी बाराको सिमरामै अध्ययनरत छन् ।

बिज्ञान संकायमा अघिल्लो बर्षको शतप्रतिशत नतिजाले बिद्यार्थीको चाप दिनप्रतिदिन बढ्दै गइरहेको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष गंंगा बस्नेतले बताए । जिल्लामा ८ ओटा बिद्यालयले बिज्ञान संकाल पठनपाठनको सम्बन्धन लिएपनि प्रभावकारी ब्यवस्थापन हुन नसक्दा नतिजा राम्रो दिन नसकिरहेको बताउँने बस्नेतले सिमरामा भने स्थापनादेखी नै ९० प्रतिशत भन्दा बढी नतिजा ल्याउन सफल भएको दाबी गरे ।

‘हामीले बिज्ञान संकायमा मध्ये तराइकै उत्कृष्ठ ल्याएका छौँ , शतप्रतिशत नतिजाले बिद्यार्थीको चाप यस बर्ष अझ बढेको छ,’ उनले भने, – ‘हामी निजि बिद्यालय भन्दा कुनै पनि कुरामा कम छैनौँ ।’ उनले आगामी योजनामा कक्षा ९ देखी १२ सम्म प्राबिधिक शिक्षाको सुरुवात गर्ने तयारीमा लागेको समेत बताए । हाल बिज्ञान संकायमा कक्षा १२ मा ३५ बिद्यार्थी सहित कक्षा १ देखी १२ सम्म करिब २ हजार बढी बिद्यार्थी अध्ययनरत छन् भने सिमित शिटमा कक्षा ११ मा भर्ना गरिरहेको छ ।

परिक्षाको नतिजा उत्कृष्ट

बिद्यालयका प्राचार्य शंकर कुमार आर्चायले बिद्यालयलाई आगामी दिनमा अझ गुणस्तरीय शिक्षाको बिकासमा कटिबद्ध रहने बताएका छन् । अहिले एस इ इ परिक्षा उतीर्ण गरेका बिद्यार्थाीहरु भर्ना हुने क्रम जारी रहेको भन्दै स्तरिय पठनपाठनका कारण निजि बिद्यालयमा एस इ इ उर्तीण गरेका अधिक बिद्यार्थीहरु सामुदायीक बिद्यालयमा भर्ना हुन आएका आचार्यले जानकारी दिए ।

जिल्लाका अन्य निजि बिद्यालयहरुले प्राय बाणिज्य संकायलाई मात्र प्राथमिकता दिएपनि सिमरा मा.बि. मा भने ४ ओटा संकायको पढनपाठन भइरहेकाले बिद्यार्थीहरुको यस बिद्यालयमा रुचि बढेको बताए । हाल बिद्यालयमा बिज्ञान, बाणिज्य, शिक्षा र मानविकि संकालको कक्षा संचालन भइरहेको छ ।

उनले जिल्लाको शैक्षिक हबका रुपमा बिकास गर्ने उदेश्यले बिद्यायलको भौतिक पुर्वाधारलाई समेत आधुनिक गर्दै लगिएको बताए । बिद्यालयमा साँकेतिक भाषाका बिद्यार्थीहरु समेत अध्ययन्रत छन् । राज्यले देशका सबै नागरिकलाई शिक्षाको पहुँचमा ल्याउने नितिअनूरुप बिद्यायले सबैखाले सुबिधा दिइरहेको बिद्यालयका सह–प्राचार्य अच्युतदेव सिटौलाले बताए ।

बिद्यालय ‘नमुना’को बाटोमा

नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा बिभाग अनतर्गतको सामुदायिक बिद्यालय ब्यबस्थापन शाखाले नमुना बिद्यालय छनौट सम्बन्धमा जिल्ला शिक्षा कार्यालयहरुलाई जारी गरेको पत्र अनुसार जितपुरसिमरा उपमहानगरपालिका सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय नमुना बिद्यालयमा छनौट हुन सफल भएपछी अहिले बिद्यालयमा नमुनाको कार्य धमाधम भइरहेको छ ।

बिद्यालयको बलियो भौतिक पुर्वाधार , प्रशस्त विद्यार्थी संख्या , शैक्षिक गुणस्तरमा सुधार, सिर्जनात्मक क्रियाकलाप, ई लाइब्रेरी, बिज्ञान प्रयोगशाला लगायतका अन्य पक्षहरुमा बिद्यालयले सुबिधा दिन थालेपछी अहिले स्थानिय अभिभावकको केन्द्र बनेको छ ।

बि.सं. २०१४ सालमा प्राथमिक तहमा स्थापना भएको सो बिद्यालयले २०२८ सालमा नि.मा.बि. को पठनपाठन सुरु गरेको थियो । त्यसैगरी २०४३ सालमा माध्मामिक तह कक्षा ९ र १० पठनपाठन सुरु गरेको थियो । २०५४ सालमा उ.मा.बि. को सम्बन्धन ल्याउन सफल भएको सो बिद्यालयले हाल नेपाल सरकारको परिमार्जित शैक्षिक नितिलाई समेत अबलम्बन गरी माध्यामिक तह अन्तर्गत कक्षा १ देखी १२ सम्मको पठनपाठन गराइरहेको छ ।

यस अघि कक्षा ११ र १२ लाई उच्च माध्यामिक शिक्षा परिसदले मध्य तराईकै उत्कृष्ट उच्च माबिका रुपमा घोषित गरेको बिद्यालयले यो वर्ष पनी कक्षा १२ को परिक्षाफलमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको ब्यवस्थापन समितीका कृष्ण अधिकारीले जानकारी दिए ।

Write your Comment