लिभिङ टुगेदरमा बस्दै आएका पुरुषद्वारा महिलाको हत्या

रातोघर

 २०८० जेष्ठ १६, मंगलबार  मा प्रकाशित
७३१ पाठक संख्या


वीरगञ्ज । मधेशमा लिभिङ टुगेदरमा बस्दै आएका पुरषले महिलाको हत्या भएको घटना बाहिरिएको छ । सप्तरीको राजविराजमा श्रीमान्को मृत्यु पश्चात लिभिङ टुगेदरमा बस्दै आएकी महिलाको सँगैबस्ने पुरुषले घाँटी न्याकेर हत्या गरेको घटना बाहिरिएको हो ।

मृत्यु हुनेमा जिल्लाको बलानबिहुल गाउँपालिका – ५ घर भइ हाल राजविराज नगरपालिका – ४ बजरङ्ग चौकमा भाडा लिएर बस्दै आएकी ४१ वर्षीया सोनिता देवी यादव रहेकी छन् ।

प्रहरीकाअनुसार उनको हत्या सँगै बस्ने प्रेमी राजविराज नगरपालिका – ६ पूर्णीपोखरी टोल निवासी ४२ वर्षीय शङ्कर शर्माले गरेका छन् । शर्मालाई प्रहरीले नियन्त्रणमा लिसकेको छ ।

सप्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेश सिंहकाअनुसार मृतक यादव र आरोपित शर्मा लामो समयदेखि राजविराजमा घर भाडा गरेर लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

अन्य पुरुषसँग सम्बन्ध भएको आशङ्कामा हत्या 

प्रहरीकाअनुसार मृत्यक यादवको अन्य पुरुषसँग पनि सम्बन्ध रहेको आशङ्कामा आरोपित शर्माले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । शर्माले यादवलाई घटना भएको दिन वैशाख २३ गते दिउँसो बजारमा एकजना पुरुषसँग कुराकानी गरिरहेको अवस्थामा देखेका थिए । राती सोही विषयमा दुवै विच भएको विवादका क्रममा शर्माले यादवको हत्या गरेको डिएसपी सिंहले बताए ।

विवादका क्रममा आफूले यादवलाई धक्लादा खाटको किनारामा ठोकिएर उनको मुखमा चोट लागेको र त्यसपछि उनलाई उठाएर खाटमा राखी घाँटीमा सलले बेरी नयाकेर हत्या गरेको शर्माले प्रहरीलाई बयान दिएका छन् ।

यादवको मृत्यु पश्चात शर्मा उनले कानमा लगाएको मुन्द्रा र मोवाइल लिएर फरार भएका थिए । घटनाको अर्को दिन दिउँसो शर्मा नेपालको सिमाना नजिकको भारतीय भूमी अन्डामड एरियामा गएर मृतकको मोवाइल प्रयोग गरी राजविराज – ६ बस्ने दिदिलाई घटनाको वारेमा जानकारी गराएका थिए । उनले दिदीलाई घटनास्थलमा पुगेर हेर्न आग्रह गरेपनि उनले त्यसलाई अस्विकार गरेकी थिइन् ।

अनुसन्धानको क्रममा शर्मालाई वैशाख २६ गते तिलाठी कोईलाडी – १ को एरियामा लुकीछिपी भाग्दै गरेको अबस्थामा पक्राउ गरिएको डिएसपी सिंहले जानकारी दिए ।

प्रहरीले शर्माको साथबाट मृतकको मोवाइल र कानमा लगाउने सुनको जस्तो देखिने मुन्द्रा समेत वरामद गरेको छ । उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धानको प्रकृया अगाडि बढाएको छ ।

-yatradaily

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban