

सिमरा ।
बाराको जीतपुरसिमरा उमपहानगरपालीकाले सामुदायिक मध्यवर्ती वन क्षेत्रमा साइकल लेन निर्माण गर्ने भएको छ ।
उपमहानगर र बारा राइडर्स संघको संयोजनमा मध्यवर्ती क्षेत्रबाट पर्सा राष्ट्रिय निकुञ्जसम्म १७ किलोमिटरको दुरी रहेको साइकल बाटो तयार पार्न लागीएको हो ।
राइडर्स संघका अध्यक्ष सेशराज अधिकारीका अनुसार यो लेन चारवटा सामुदायिक वन क्षेत्र हुर्दै निकुञ्ज भ्रमण गर्न सकिने भएको छ ।
१७ किलोमिटरको दुरी रहने सो लेनको हरेक २ किलोमिटरको दुरीमा यात्रा संकेत र बिश्राम स्थल रहनेछ भने चार वटा वन क्षेत्रको प्रवेशमा यात्राद्धार रहनेछ ।
साइकल लेनसंगै नजिकै आपतकालिन सडक निर्माणको समेत ब्यवस्था गरिने र साइकल यात्राका क्रममा कुनै दुर्घटना भए तत्काल उद्धार र राहतको ब्यवस्था समेत मिलाईने अधिकारीले बताए ।

उपमहानगर प्रमुख राजन पौडेलले सो क्षेत्रको अध्ययन अवलोकन गर्दै यसले निकुञ्ज घुम्ने आन्तरिक पर्यटनलाई बढावा दिने बताए ।
वन क्षेत्र र वन्यजन्तुको संरक्षणसंगै आन्तरिक आय वृद्धिका लागी वनलाई सौन्दर्यसंग जोडेर पर्यटन प्रवर्धनमा समेत यो आयोजनाले महत्व राख्ने पौडेलको धारणा छ ।
अहिले उपहानगरकै लगानीमो १७ किलोमिटरको क्षेत्रमा ट्रयाक खोल्नेकाम सम्पन्न भई संकेत बोर्ड स्थापना गर्नै कार्य भईरहेको छ ।





Write your Comment