

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट महिला नेतृहरूले बहुविवाहलाई वैधानिकता दिन खोज्ने कानुनी प्रयासविरुद्ध कडा आपत्ति जनाएका छन्। राजधानीमा आयोजित तीज विशेष कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा उपाध्यक्ष जयन्ती राईले यस्तो विधेयक महिलामाथि अन्याय हुने बताउँदै कुनै हालतमा पारित हुन नदिने प्रस्ट पारिन्।
अनेम संघकी अध्यक्ष मनु सिग्देलले तीजलाई महिला मात्र नभई सम्पूर्ण नेपालीको पर्वका रूपमा चित्रण गर्दै परम्परावादी सोचको विरोध गरिन्। करिब २५० महिलाको सहभागिता रहेको कार्यक्रम नाचगानसहित भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।





Write your Comment