हैजाको प्रकोप : वीरगन्जका विद्यालय दुई दिन बन्द

रातोघर

 २०८२ भाद्र ८, आईतबार  मा प्रकाशित
१७३ पाठक संख्या


वीरगन्ज । महानगर क्षेत्रमा हैजा (कोलेरा) समुदायस्तरमै फैलिँदा आइतबार र सोमबार सम्पूर्ण विद्यालय बन्द गरिएका छन्। शैक्षिक प्रशासन महाशाखाले पठनपाठन स्थगित गर्ने सूचना जारी गरेको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म ४२ जनामा हैजा पुष्टि भइसकेको छ भने एक सय २९ जना विभिन्न अस्पतालमा उपचाररत छन्। झाडापखालासहित करिब तीन सय बिरामी अस्पताल पुगेका कारण शय्याको अभाव भएको र नारायणी अस्पतालमा केही बिरामीलाई बरन्डामा नै राखेर उपचार गर्नुपरेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban