

बागमती । आर्थिक वर्ष २०८१/८२ मा मकवानपुरका १० स्थानीय तहहरूले सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको ३२ करोड २२ लाख फिर्ता गरेका छन्।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दिनेश रेग्मीका अनुसार समयमा योजना र कार्यक्रम पूरा गर्न नसक्दा बजेट फिर्ता भएको हो।
त्यस्तै, बागमती प्रदेश सरकारले पनि आव २०८१/८२ मा ११ अर्ब ९६ करोडमध्ये ११ अर्ब ४७ करोडमात्र खर्च गर्न सकेकाले ४९ करोड फिर्ता गरेको रेग्मीले बताए।





Write your Comment