

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको पदाधिकारी बैठक आकस्मिक रूपमा स्थगित गरिएको छ। दिउँसो २ बजे पेरिसडाँडामा बस्ने भनिएको बैठकमा मध्यपहाडी लोकमार्ग अभियान, एकतापछि आएको जिम्मेवारी र समसामयिक राजनीतिक एजेण्डा छलफल हुने तय थियो।
उपमहासचिव जनार्दन शर्माले हालसालै अध्यक्ष प्रचण्डप्रति लक्षित टिप्पणी गरेपछि बैठकप्रति चासो बढेको थियो। तर, व्यस्त सेड्युलका कारण बैठक नबस्ने भएको कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए।
यसअघि पार्टी बैठकले गुटबन्दीलाई समस्या मानेर कारबाही गर्ने चेतावनी दिएको र अध्यक्षले नेताहरूलाई आत्मालोचना गर्न निर्देशनसमेत दिएका थिए।





Write your Comment