यस वर्षको गौरा पर्व भदौ १५ मा

रातोघर

 २०८२ भाद्र ८, आईतबार  मा प्रकाशित
२८९ पाठक संख्या


काठमाडौं । अठोला पञ्चाङ्गका अनुसार यस वर्षको गौरा पर्व भदौ १२ गते बिरुडा पञ्चमीबाट सुरु भई भदौ १५ गते मुख्य दिनका रूपमा मनाइने भएको छ।

पर्वतराज हिमालयकी पुत्री पार्वतीको कठोर तपस्याको सफलताको उपलक्ष्यमा वैदिककालदेखि मनाइँदै आएको यो पर्वमा महिलाहरूले चार दिनसम्म निराहार व्रत बसेर गौरी–महेश्वरको पूजा–आराधना गर्ने परम्परा रहेको विज्ञप्तिमा उल्लेख छ।

यस वर्ष नौली गोरिया (नवविवाहिता नारी)ले उज्याली गोराःमा दुबधागो लगाउन पाउने भएकाले पर्व थप उल्लासमय हुने बताइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban