

रौतहट । रौतहटको माधव नारायण–२ की २६ वर्षीया रुबीकुमारी साहको शव आइतबार बिहान गौर नगरपालिका–९ मा सुटकेसमा बेवारिसे अवस्थामा फेला परेको छ। शनिबार बेलुकी करिब ६ बजे डेराबाट बजार गएकी उनी बेपत्ता भएकी थिइन्।
प्रहरीका अनुसार सुटकेस भित्र शवलाई लुगाझैँ पट्याएर कोचिएको अवस्थामा भेटिएको थियो। शरीरमा ठूलो चोटपटक देखिँदैन तर मोबाइल भेटिएको छैन। मोबाइलको अन्तिम लोकेशन गौर बजारमै देखिएको र त्यसपछि अफ भएको प्रहरीले जनाएको छ।
घटनास्थल भारत–नेपाल सीमा नजिक भएकाले रुबीलाई अपहरण गरी भारतमा हत्या गरेर शव नेपाल ल्याएर फालेको हुन सक्ने आशंका गरिएको छ। पेशेवर अपराधी संलग्न हुनसक्ने प्रहरीको अनुमान छ।
घटनाबारे अनुसन्धान अघि बढाइएको छ। नेपाली प्रहरीले सीमावर्ती अपराधी पहिचानका लागि भारतीय प्रहरीसँग समन्वय सुरु गरेको छ। शव फेला परेपछि पीडितका श्रीमान भारतबाट नेपाल आएका छन्।





Write your Comment