अखिल नेपाल किसान महासंघको विस्तारित बैठक तथा प्रशिक्षण सिमरामा सम्पन्न

रातोघर

 २०८२ भाद्र ८, आईतबार  मा प्रकाशित
३५० पाठक संख्या


 

बारा, सिमरा । नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घ मधेस प्रदेशको विस्तारित बैठक तथा प्रशिक्षण आइतबार बाराको सिमरामा सम्पन्न भएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष डा. प्रेम दङ्गालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा एमाले थाई कमिटीका सदस्य तथा मधेस प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्यहरू पुर्वमन्त्री पुरुषोत्तम पौडेल,पुर्वमन्त्री तथा संघिय सांसद ज्वाला कुमारी शाह, एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, महासङ्घका उपाध्यक्ष प्रेम अधिकारी, प्रदेशसभा सदस्य देवनारायण चौधरी, पूर्व प्रदेशसभा सदस्य सुन्दर बहादुर विश्वकर्मा, कृषि विज्ञ नरेन्द्र गिरी, महासंघका सचिव उमेश गुप्ता लगायतका नेताहरूले आफ्नो विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै डा. दङ्गालले सरकारले अब किसान आयोग गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै किसानले उत्पादन गरेका बस्तुहरू सहज रुपमा बजारसम्म पु¥याउने र सस्तोमा भण्डारण गर्ने सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। साथै, उखु लगायतका खेतीमा सरकारले विशेष अनुदान दिनुपर्ने पनि उहाँको भनाइ थियो।

त्यसैगरी, मधेस प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले सुनकोशी–मरिन–बागमती सिँचाइ परियोजनालाई छिटो सम्पन्न गर्न सरकारलाई आग्रह गर्दै यसले मधेसका किसानहरूलाई दीर्घकालीन रुपमा फाइदा पु¥याउने बताउनुभयो।

पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले बारा जिल्लाले किसान आन्दोलनको ऐतिहासिक पृष्ठभूमि बोकेको स्मरण गर्दै किसानलाई सहुलियत दरमा मलखाद उपलब्ध गराउनु र उत्पादन गरिएका खाद्य सामग्रीहरूलाई उचित बजार मूल्य दिलाउन सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पुरुषोत्तम पौडेलले बारा जिल्लाले किसान आन्दोलनको ऐतिहासिक पृष्ठभूमि बोकेको स्मरण गर्दै किसानलाई सहुलियत दरमा मलखाद उपलब्ध गराउनु र उत्पादन गरिएका खाद्य सामग्रीहरूलाई उचित बजार मूल्य दिलाउन सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा संघिय सांसद ज्वाला कुमारी साहले किसानको हकहितको अखिल नेपाल किसान महासङ्घले खेलेको भुमिकाको चर्चा गरेकी थिइन् । उनले नेपाल कृषि प्रधान देश भएतापनि किसानहरुनैं पछि पर्ने गरेकोले आफ्नो हकअधिकार खोज्न किसानहरुनै अग्रसर हुनु पर्नेमा जोड दिईन् ।

यसैगरी अन्य वक्ताहरूले मधेसका किसानका समस्या समाधान गर्दै कृषिमा आधुनिकीकरण र बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । निरञ्जन चौधरीको अध्यक्षता र रामप्रसाद घिमिरेको सहजीकरणमा सम्पन्न भएको थियो ।

   

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban