काठमाडौंमा फुटपाथ अतिक्रमण : पैदलयात्री दिनहुँ जोखिममा

रातोघर

 २०८२ भाद्र ९, सोमबार  मा प्रकाशित
२४३ पाठक संख्या


काठमाडौं । राजधानी उपत्यकामा करिब ६० लाख जनसंख्या बसोबास गर्छन्। तीमध्ये २० लाख जति सवारीसाधन प्रयोग गर्छन् भने करिब ४० लाख मानिस दैनिक फुटपाथमा पैदल हिँड्ने गर्छन्। तर काठमाडौंका अधिकांश फुटपाथ अतिक्रमणमा परेको र सुरक्षित नहुँदा पैदलयात्री दिनहुँ जोखिम मोल्न बाध्य भएका छन्।

दृष्टि भएकै मानिसलाई सहज हिँड्न नसक्ने फुटपाथमा दृष्टिविहीनहरूलाई हिँड्न झन् कठिनाइ भएको छ। अपूरो निर्माण, खाल्डाखुल्डी र अवरोधले गर्दा पैदलयात्री दुर्घटनामा पर्न सक्ने खतरा बढेको छ। नेपाल विद्युत प्राधिकरणले अहिले राजधानीका सडकमा विद्युतीय तार भूमिगत गर्ने काम थालेको छ। तर, प्राधिकरणले फुटपाथ नै कब्जा गरी उपकरण र सामग्री राख्दा पैदलयात्री थप पीडित भएका छन्।

कतिपय ठाउँमा ढुंगा बिछ्याउने भन्दै फुटपाथ भत्काइएको छ तर निर्माण कार्य ढिलो हुँदा लामो समयसम्म पैदलयात्रीलाई असुविधा भइरहेको छ। अर्कोतर्फ, कतिपय स्थानमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा यात्रीहरूलाई सडकमा निस्केर हिँड्नुपर्ने बाध्यता छ।

राजधानीका जमल, भोटाहिटी र सुन्धारा क्षेत्रका फुटपाथ अतिक्रमण, भत्काइएका संरचना र असुरक्षित अवस्थाका कारण पैदलयात्रा अझै जोखिमपूर्ण बन्दै गएको देखिन्छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban