राज्यव्यवस्था समितिको सभापति निर्वाचन भदौ ११ गते

रातोघर

 २०८२ भाद्र ९, सोमबार  मा प्रकाशित
२६४ पाठक संख्या


काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन आगामी भदौ ११ गते हुने भएको छ।

संसद सचिवालयले जारी गरेको सूचनाअनुसार सभामुख देवराज घिमिरेले बुधबार, भदौ ११ गतेलाई निर्वाचनको मिति तय गरेका हुन्।

संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा छेडखानी भएको आरोपमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि तत्कालीन सभापति रामहरि खतिवडाले साउन २८ गते राजीनामा दिएका थिए।

प्रतिनिधिसभा नियमावलीअनुसार सभापति पद रिक्त भएको १५ दिनभित्र पदपूर्ति गर्नुपर्ने प्रावधान छ। यसैअनुसार समितिमा नयाँ सभापति चयनको प्रक्रिया अघि बढाइएको हो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban