प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने प्रतिबद्धता व्यक्त गरे

रातोघर

 २०८२ भाद्र १२, बिहिबार  मा प्रकाशित
१७० पाठक संख्या


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक मामिलामा राष्ट्रिय सहमति जुटाएर भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका छन्। प्रधानमन्त्री ओलीले यस विषयमा संसद्को विश्वास पनि लिएर अघि बढ्ने बताए। एमाले काठमाडौं जिल्लाका अगुवा नेताहरूसँग बालुवाटारमा आयोजित भेटमा उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीको मुद्दामा दुवै देशका नेतासँग बलियो र स्पष्ट कुरा राख्ने आफ्नो तयारीको जानकारी दिएका हुन्। भेटमा सहभागी एमाले केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले प्रधानमन्त्रीले राष्ट्रिय सहमति र संसद्को समर्थन लिएर यी संवेदनशील विषयमा दुवै छिमेकी राष्ट्रसँग कुराकानी गर्ने योजना बनाएको बताए।

भेटमा नेताहरूले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए कि भारत र चीन भ्रमणका क्रममा लिपुलेक र सम्बन्धित सीमा मामिलालाई स्पष्ट रूपमा बुझिने र मनन गर्न सकिने गरी राखियोस्। यसपछि प्रधानमन्त्री ओलीले पनि बैठकमा सम्बोधन गर्दै १४ गते संसदमा आफ्नो कुरा राख्ने र संसद्को विश्वास लिएर दुवै देशका नेतासँग बलियो र प्रभावकारी कुराकानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले यस विषयमा राष्ट्रिय एकता र संवेदनशीलताप्रति विशेष ध्यान दिइने स्पष्ट पारेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban