शिक्षक महासंघको आन्दोलन अन्तर्गत एमाले कार्यालयमा धर्ना

रातोघर

 २०८२ भाद्र १२, बिहिबार  मा प्रकाशित
१९२ पाठक संख्या


काठमाडौं । शिक्षक महासंघले आफ्नो आन्दोलनको पहिलो चरण अन्तर्गत आज नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा धर्ना दिएको छ। विहान ११ बजेबाट दिउँसो १ बजेसम्म दुई घण्टा कार्यालय अगाडि बसेर धर्ना दिइएको हो। धर्ना कार्यक्रममा सहभागी शिक्षकहरूले ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। महासंघले विगतदेखि उठाउँदै आएको माग पूरा नभएको र सरकार तथा राजनीतिक दलले गम्भीर ध्यान नदिएको आरोप लगाउँदै चरणबद्ध आन्दोलन सुरु गरेको हो।

यसअघि महासंघले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पनि धर्ना दिइसकेको छ भने आगामी भदौ १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिने कार्यक्रम तय गरिएको छ।

महासंघका अनुसार शिक्षामाथि भएको राजनीतिक हस्तक्षेप, असमान व्यवहार र दीर्घकालीन समाधानको अभावका कारण आन्दोलनमा उत्रिनु परेको हो। उनीहरूले शिक्षाको गुणस्तर र शिक्षकको पेशागत अधिकार सुनिश्चित गर्न राजनीतिक दलहरूलाई निरन्तर दबाब दिने बताइएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban