भुसाल : मुलुक सर्पले काँचुली फेर्दै गरेको जस्तो, वाम ध्रुवीकरण अपरिहार्य

रातोघर

 २०८२ भाद्र १२, बिहिबार  मा प्रकाशित
२७२ पाठक संख्या


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकको वर्तमान राजनीतिक अवस्थालाई सर्पले काँचुली फेर्दै गरेको अवस्था जस्तै रहेको बताएका छन्। बुटवलमा भएको बहस कार्यक्रममा उनले पञ्चायत र राजतन्त्र अन्त्य भए पनि दलहरूको ढाँचा नबदलिएकै कारण दलाल पुँजीवाद कायमै रहेको र समाजमा असन्तुष्टि चरम स्तरमा पुगेको बताए।

उनले वामपन्थी ध्रुवीकरण अब अपरिहार्य भएको भन्दै एमाले, माओवादी र समाजवादीबीचको कृत्रिम सीमा भत्काउनुपर्नेमा जोड दिए। भुसालका अनुसार यो असन्तोष लामो समयदेखि सञ्चित अन्तर्विरोधको परिणाम हो, जसलाई समाधान गर्न नयाँ राजनीतिक संरचना र वाम एकतामात्रै विकल्प रहेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban