अछाममा महिनावारी बार्न पालमा सुतेकी आमाछोरीसहित दुई जनाको मृत्यु

रातोघर

 २०८२ भाद्र १३, शुक्रबार  मा प्रकाशित
२०९ पाठक संख्या


कैलाली । अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा महिनावारी बार्न खेतमा पाल टाँगेर सुतेका तीन जनामध्ये दुई जनाको भीरबाट खसेको ढुङ्गाले च्यापेर मृत्यु भएको छ । मंगलबार बिहान करिब ५:३० बजे घटेको उक्त घटनामा ७ वर्षीया कविता भण्डारी र ३५ वर्षीया निम खनालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घटनामा कविता भण्डारीकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले प्रारम्भिक उपचारपछि स्वास्थ्यचौकी बारलाबाट थप उपचारका लागि नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार अविरल वर्षाका कारण भीरबाट खसेको ढुङ्गाले त्रिपालमुनि सुतेकाहरूमाथि ठोक्किँदा दुःखद घटना भएको हो । मृतक खनाल र भण्डारी दुवै जना महिनावारी बार्न माइतीघरमा आएर खेतमा पाल टाँगेर बसिरहेका थिए ।

आमासँगै सुतेकी ७ वर्षीया कविताले समेत ज्यान गुमाउँदा स्थानीयस्तरमा शोक फैलिएको छ । आमाको माया नजिकै बसेर त्रिपालमुनि सुतेकी छोरी र छिमेकी महिला दुवैको मृत्यु हुँदा गाउँ शोकाकुल बनेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban