

काठमाडौं । नेपाल प्रहरीले आफ्नो ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ नेपाल प्रहरीका पहिलो वरीयताका एआईजी हुन् ।
हाल कार्यरत आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाने भएका छन् । त्यसपछि खापुङको नियुक्ति औपचारिक रुपमा लागू हुनेछ ।





Write your Comment