महामन्त्री गगनकुमार थापाद्वारा हैजा नियन्त्रण र नारायणी अस्पताल सुधारमा जोड

रातोघर

 २०८२ भाद्र १३, शुक्रबार  मा प्रकाशित
३०६ पाठक संख्या


पर्सा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगञ्ज आसपास फैलिएको हैजा सङ्क्रमण नियन्त्रणका लागि अत्यावश्यक औषधि र जनशक्ति तत्पर अवस्थामा राख्नुपर्ने बताएका छन् ।

आज नारायणी अस्पतालमा हैजाका बिरामी र उनका आफन्तहरूसँग भेटघाट गरी अस्पताल प्रशासनसँग छलफल गर्दै महामन्त्री थापाले हैजा सङ्क्रमित बिरामीको उपचारमा कुनै कमजोरी नगर्न अनुरोध गर्नुभयो ।

उहाँले भने, “हैजाको उपचार गर्न आउने बिरामीले निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ । त्यसका लागि अस्पताल प्रशासनले औषधि, खोप र जनशक्तिको उचित प्रबन्ध गर्नु आवश्यक छ ।”महामन्त्री थापाले काठमाडौँ फर्किएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सम्बन्धित निकायसँग समन्वय गरी अत्यावश्यक औषधि तथा अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, अस्पतालको सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

उहाँले भने, “अस्पतालको परिसर र शौचालय मात्र होइन, सरसफाइमा जनशक्ति व्यवस्थापन लगायतका विविध विषय समेटिन्छ। सरकारी र निजी अस्पतालमा उपचार गर्दा फरक महसुस हुने धेरै कारण सरसफाइमा पनि छ ।”महामन्त्री थापाले नारायणी अस्पताललाई वीरगञ्ज र आसपासको क्षेत्रको आसा तथा भरोसाको केन्द्रका रूपमा विकास गर्न सबैले लाग्नुपर्नेमा जोड दिनुभयो र अस्पतालको पूर्वाधार निर्माणमा हुनसक्ने कठिनाइ समाधान गर्न आफू जुनसुकै सहयोग र समन्वय गर्न तयार रहेको बताउनुभयो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban